Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश विरुद्धको आन्दोलनको क्रममा घाइते आन्दोलनकारीको निधन

कोशी प्रदेश विरुद्धको आन्दोलनको क्रममा घाइते आन्दोलनकारीको निधन

  • शुक्रवार, चैत्र १० २०७९

  • 368
    SHARES

  • कोशी प्रदेश विरुद्धको आन्दोलनको क्रममा घाइते आन्दोलनकारीको निधन

    काठमाडौं । कोशी प्रदेश विरुद्धको आन्दोलनको क्रममा घाइते भएका एक आन्दोलनकारीको निधन भएको छ ।

    गत चैत ५ गते विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा सहभागी भएका लिम्बुवान भोलन्टियर्स केन्द्रीय सिनियर कमाण्डर पदम लिम्बु लाजेहाङको शुक्रबार बिहान निधन भएको हो।आन्दोलनका क्रममा गम्भीर घाइते भएका लाजेहाङको उपचारका क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको संघीय लिम्बुवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले बताउनुभयो ।

    उहाँले लाजेहाङको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको समेत बताउनुभएको छ । प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातिय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् । लाजेहाङ आन्दोलनमा सशस्त्र प्रहरीको आक्रमणमा परी गम्भीर घाइते भएका थिए ।

    मोरङको लालभित्ती घर भएका लाजेहाङ धरान–१५ मा बस्दै आएका थिए ।


    शुक्रवार, चैत्र १० २०७९१०:५१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij