Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

२ कक्षामा अध्ययनरत बालिका शिक्षकबाटै बलात्कृत

२ कक्षामा अध्ययनरत बालिका शिक्षकबाटै बलात्कृत

  • बिहिवार, चैत्र ९ २०७९

  • 460
    SHARES

  • २ कक्षामा अध्ययनरत बालिका शिक्षकबाटै बलात्कृत

    काठमाडौं । धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत एक बालिका शिक्षकबाटै बलात्कारको सिकार भएकी छन् । स्कुलका शिक्षक जितेन्द्र यादवले ती बालिकालाई शौचालयमा थुनेर बलात्कार गरेको खुलेको छ । यो घटना बुधबार (हिजो) को हो ।

    घटना बाहिर आएपछि बलात्कार आरोपित शिक्षक यादव फरार छन् ।

    इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर रामकृष्ण देवकोटा घटनाको ढाकछोपमा लागेको पीडित पक्ष तथा स्थानीयको आरोप छ । सोही स्कुलमा अध्ययनरत विद्यार्थीका अनुसार बलात्कृत छात्रालाई प्रहरीले हिजै जनकपुर लगेर स्वास्थ्य परीक्षण गराएको खुलेको छ ।

    स्कुलका प्रिन्सिपल हरि श्रेष्ठलाई आज सबैला प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर उनलाई पनि छाडिसकेको छ । इन्स्पेक्टर देवकोटाले प्रिन्सिपल श्रेष्ठसँग मिलेर घटना ढाकछोप गरिरहेको स्थानीयको आरोप छ ।


    बिहिवार, चैत्र ९ २०७९०५:३९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij