Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

धुर्मुसले रुदैँ भनेः मलाई पलपल नमारिदिनुस्

धुर्मुसले रुदैँ भनेः मलाई पलपल नमारिदिनुस्

  • मंगलवार, चैत्र ७ २०७९

  • 490
    SHARES

  • धुर्मुसले रुदैँ भनेः मलाई पलपल नमारिदिनुस्

    काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

    आज रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिनुभएका उहाँले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताउनुभयो । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भन्नुभयो, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’

    ‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उहाँले भन्नुभयो ।

    धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिनुभएको छ । ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना नबनेको ठह¥याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका धुर्मुसले भन्नुभएको छ ।


    मंगलवार, चैत्र ७ २०७९०५:२३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij