Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिगमा आज बैंगलोर र हैदराबाद भिड्दै

इन्डियन प्रिमियर लिगमा आज बैंगलोर र हैदराबाद भिड्दै

  • सोमवार, आश्विन ५ २०७७

  • 770
    SHARES

  • इन्डियन प्रिमियर लिगमा आज बैंगलोर र हैदराबाद भिड्दै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर तथा सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

    हालसम्म उपाधि नजितेको बैंगलोर आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा छ । दोस्रो उपाधिको खोजीमा रहेको हैदराबाद पनि बैङ्लोरलाई पराजित गर्न चाहन्छ ।

    हालसम्म यी दुई टोलीबीच १५ खेलमा प्रतिस्पर्धा हुँदा हैदराबादले ८ तथा बैंगलोरले ६ खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने रद्द भएको छ । बैंगलोर विराट कोहलीको र हैदराबाद डेविड वार्नरको कप्तानीमा मैदानमा उत्रिने छन् ।

     


    सोमवार, आश्विन ५ २०७७०१:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij