Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा विराटनगरमा आज वृहत् प्रदर्शन

प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा विराटनगरमा आज वृहत् प्रदर्शन

  • आइतवार, चैत्र ५ २०७९

  • 532
    SHARES

  • प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा विराटनगरमा आज वृहत् प्रदर्शन
    काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीहरूले विराटनगरमा आज पनि प्रदर्शन  गरेका छन् । प्रदेश नंं १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा प्रदर्शन गरेका हुन् । 
     
    कार्यक्रममा गोपाल किराँती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरूको समेत सहभागिता छ ।
     
    जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
     
    प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
     
    सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
     
    प्रदेश नामकरण विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् । तर सरकारले भने असन्तुष्ट पक्षसँग वार्ता तथा कुनै पनि छलफल गर्ने प्रयास गरेको छैन । 


    आइतवार, चैत्र ५ २०७९०२:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij