Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीद्वय ऐरी र सार्कीलाई जनही दुई लाख रुपैयाँ दिने

सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीद्वय ऐरी र सार्कीलाई जनही दुई लाख रुपैयाँ दिने

  • शनिवार, चैत्र ४ २०७९

  • 597
    SHARES

  • सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीद्वय ऐरी र सार्कीलाई जनही दुई लाख रुपैयाँ दिने

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

    सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिनुभयो ।

    यस्तै प्रदेश सरकारले नेपाली टोलीका अर्का सदस्य सन्दीप जोरालाई एक लाख तथा आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाली टोलीको अन्तिम १८ मा पर्न सफल सुदूरपश्चिमका कमलसिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको शाहीले बताउनुभयो। सन्दीपले लिग टु को पहिलो सिरिज खेलेका थिए भने कमल र अर्जुन टिममा परे पनि लिग टु खेल्न पाएका थिएनन् ।


    शनिवार, चैत्र ४ २०७९०६:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij