Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै पुन: अवतरण

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै पुन: अवतरण

  • शनिवार, चैत्र ४ २०७९

  • 437
    SHARES

  • सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौंमै पुन: अवतरण

    काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिच बाटोबाटै फर्किएको छ ।

    शनिबार बिहान बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि सिमराको आकाशबाट फर्काइए पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै अवतरण गरिएको हो।

    जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ ।

    विमानमा एक्कासि प्राविधक समस्या देखा परेपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ । जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जानकारी गराइएको थियो ।

    हाल उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । जहाजमा ६२ जना यात्रु सवार थिए ।


    शनिवार, चैत्र ४ २०७९१०:५१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij