Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पहाडी भू–भागमा बिहानैदेखि वर्षा, यस्तो छ आज दिनभरको मौसम पुर्वानुमान

पहाडी भू–भागमा बिहानैदेखि वर्षा, यस्तो छ आज दिनभरको मौसम पुर्वानुमान

  • शनिवार, चैत्र ४ २०७९

  • 294
    SHARES

  • पहाडी भू–भागमा बिहानैदेखि वर्षा, यस्तो छ आज दिनभरको मौसम पुर्वानुमान

    काठमाडौं । देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।


    शनिवार, चैत्र ४ २०७९०८:५२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij