Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन

रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन

  • शनिवार, चैत्र ४ २०७९

  • 356
    SHARES

  • रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन

    काठमाडौं । सरकारी अनुदानमा ल्याएको रासायनिक मल बिक्री गर्ने विभिन्न सहकारीको अनुगमनमा गएको सरकारी टोली आज रित्तो गोदाम हेरेर फर्किएको छ ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा हिजो घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहाल, उद्योग वाणिज्य सङ्घका सचिव विश्वराम दुवाल, जिप्रकाका प्रतिनिधि कुवेरप्रसाद दाहाल, उपभोक्ता महासङ्घ, भक्तपुर नगरपालिका, नेपाल प्रहरी, पत्रकारलगायत टोली जिल्लाका विभिन्न सहकारी संस्थाद्वारा रासायनिक मल बिक्री स्थलमा पुग्दा सबै केन्द्रका गोदाम रित्तो देखिएको थियो ।

    टोलीले जिल्ला सहकारी सङ्घ लिमिटेडको सल्लाघारीमा रहेको कार्यालयमा रहेको मल बिक्री केन्द्र, शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नासामनाले सञ्चालन गरेको मल बिक्री केन्द्र, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिद्धि कृषि सहकारी संस्था लिमिटेडलगायतले सञ्चालन गरेको रासायनिक मलको बिक्री केन्द्रको अनुगमन गरे पनि मलका गोदाम भने रित्तै रहेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

    गोदाम रित्तै भए पनि टोलीले अनुगमनका क्रममा कृषकलाई सहज र उपयुक्त मूल्यमा मल बिक्री वितरण गरेको हो वा होइन भन्नेबारेमा भने सोधपुछ तथा खरिद एवम् बिक्री मूल्यका बिलको अनुगमन गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मलको खरिद र बिक्री मूल्य, ढक तराजुको अवस्थाका बारेमा जानकारी लिएको बताउँदै उहाँले मल बिक्री केन्द्रले सुधार्नुपर्ने विभिन्न विषयमा छलफल गरी निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

    अनुगमनमा पुग्दा जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष केदार खड्काले रासायनिक मलको निकै अभाव हुँदा किसान मारमा परेको र बिक्री गर्ने सहकारी संस्थाले चुनौती खेप्दै आएको उल्लेख गर्दै किसानले सहज मल पाउने अवस्था बन्नुपर्ने बताउनुभयो ।


    शनिवार, चैत्र ४ २०७९०७:५६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij