Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपीएलमा दिल्लीको विजयी सुरूवात, सुपर ओभरमा पञ्जाव पराजित

आइपीएलमा दिल्लीको विजयी सुरूवात, सुपर ओभरमा पञ्जाव पराजित

  • सोमवार, आश्विन ५ २०७७

  • 1.4K
    SHARES

  • आइपीएलमा दिल्लीको विजयी सुरूवात, सुपर ओभरमा पञ्जाव पराजित

    एजेन्सी। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो ।

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीले आइतबार राति यूएईमा सम्पन्न खेलमासुपर ओभरमा पञ्जाबलाई हराएको हो ।
    पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै विकेट कागिसो राबाडाले लिए ।

    तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा ग¥यो । दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे । यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए । ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

    दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे ।


    सोमवार, आश्विन ५ २०७७०६:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij