Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पोखरामा २ जनालाई घाइते बनाएको चितुवा मृत भेटियो

पोखरामा २ जनालाई घाइते बनाएको चितुवा मृत भेटियो

  • बुधवार, चैत्र १ २०७९

  • 291
    SHARES

  • पोखरामा २ जनालाई घाइते बनाएको चितुवा मृत भेटियो

    काठमाडौं। चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते भएका छन्। रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना चितुवाको आक्रमणमा परि घाइते भएका हुन्। उनिहरुलाई आक्रमण गर्ने चितुवा पनि मृत अबस्थामा फेला परेको छ।

    स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिनुभएको छ। मृत फेला परेको चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको जोशिले बताउनुभयो।

    पोखरा १८ भकुण्डेस्थित कालिज फार्ममा आज बिहान अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई अहिले उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। चितुवाको आक्रमणका कारण २ कालिजसमेत मरेका छन्।


    बुधवार, चैत्र १ २०७९०१:२५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij