Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अमेरिकाबाट ठगी रकम भित्र्याएका पृथ्वीबहादुर शाहलगायत ६ जना कारागार चलान

अमेरिकाबाट ठगी रकम भित्र्याएका पृथ्वीबहादुर शाहलगायत ६ जना कारागार चलान

  • मंगलवार, फाल्गुण ३० २०७९

  • 276
    SHARES

  • अमेरिकाबाट ठगी रकम भित्र्याएका पृथ्वीबहादुर शाहलगायत ६ जना कारागार चलान

    काठमाडौं । अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाह कारागार चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो ।

    एकजनासँग भने ५० हजार रूपैयाँ धरौटी मागिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि २० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो ।

    ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधमा मुद्धा दायर भएको छ । पृथ्वीको करिब २ दर्जन कम्पनीका नाममा अमेरिकाबाट डलर आएको देखिएको दावी गरिएको छ। त्यो रकम अमेरिकामा ठगी गरेर नेपाल पठाइएको अनुसन्धानबाट खुलेको थियो ।

    यसअघि अमेरिकाबाट आफ्नो कम्पनीको नाममा आएको लाखौं डलर नेपाल राष्ट्र बैंकले रोकेको भन्दै शाहले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत गुहारेका थिए । यही कारण शर्मा विवादमा आएका थिए ।

    शाहको नाममा रहेका पे यू सेन्टरका नाममा एक लाख ८० हजार ४ सय ७५ डलर, टाइम्स टुडे पिस होलिडेका नाममा ३ लाख ५० हजार डलर, वर्ल्ड एट वर्क कन्सल्टेन्सीका नाममा २ लाख ४४ हजार ४ सय २० डलर, वर्ल्ड एक्सपर्ट एन्ड इम्पर्टका नाममा ४ लाख डलर, फोर्टिन पिक रिजर्भका नाममा २ लाख ५९ हजार ४ सय ५० डलर, वर्ल्ड फस्ट जब प्लेसमेन्टका नाममा ५९ हजार ८ सय ८२ डलर, वर्ल्ड वाइड रेमिटका नाममा ७९ जहार ५ सय २५ डलर, वर्ल्ड ट्राभल एन्ड इन्भेस्टमेन्टका नाममा ६ लाख ३ हजार ३ सय ९५ डलर, वर्ल्ड फर्स्ट होलिडेका नाममा ८ लाख ३१ हजार ७ सय २४ अमेरिकी डलर र ३ लाख ४० हजार क्यानेडियन डलर आएको दाबी गरिएको छ ।

    यस्तै हन्टिङ रिजर्भ अफ नेपालका नाममा २ लाख ३० हजार ४ सय ५० डलर, माउन्टेन अपार्टमेन्टका नाममा ४ लाख २५ हजार ८ सय ३० डलर, रोयल न्यु ल्यान्डका नाममा एक लाख ९९ हजार ९ सय ७५ डलर र यु क्यास सर्भिसका नाममा ४९ हजार ४ सय ७५ डलर आएको पाइएको छ । यस्तै शाह दाजुभाइसहित ८ जना व्यक्तिको नाममा पनि पैसा आएको पाइएको छ ।

    अभियोग पत्रमा दाबी गरिएअनुसार शाह नेतृत्वको समूहले ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १९ हजार ८ सय २५ पाउन्ड स्टर्लिङ र ३ लाख ४० हजार क्यानेडियन डलर नेपाल भित्र्याएको छ ।


    मंगलवार, फाल्गुण ३० २०७९०२:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij