Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भीमोदय नमुना मावि चितवनले गर्यो वृहत शैक्षिक सामाग्री प्रदर्शनी

भीमोदय नमुना मावि चितवनले गर्यो वृहत शैक्षिक सामाग्री प्रदर्शनी

  • शुक्रवार, फाल्गुण २६ २०७९

  • 502
    SHARES

  • भीमोदय नमुना मावि चितवनले गर्यो वृहत शैक्षिक सामाग्री प्रदर्शनी

    काठमाडौं। भीमोदय नमुना मावि चितवनले शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत रहेर गत हप्ता २ दिन (फागुन २०र २१ गते)शैक्षिक सामाग्री निर्माण कार्यशाला आयोजना गरेको थियो ।कार्यशालापश्चात विद्यालयका शिक्षक तथा विद्यार्थीहरुद्वारा निर्माण गरिएका ७ वटा विषयगत समुहका शैक्षिक सामाग्रीको आज प्रदर्शनी गरिएको हो ।

    प्रदर्शनि कार्यक्रमको कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतासँगै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद उपाध्याय, नगरशिक्षा अधिकारी खेमनन्द भुसाल, कालिका ४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराई लगाएतको उपस्थीतिमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक ईन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।

    प्रदर्शनीको अवलोकनमा सहभागहिरुले विद्यालयले आयोजना गरेको प्रदर्शनीले विद्यार्थीहरुको क्षमता बृद्धीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै उनिहरुले प्रदर्शनी अत्यन्तै रचनात्मक तथा प्रभावकारी रहेको पनि बताएका छन् ।


    शुक्रवार, फाल्गुण २६ २०७९०६:४५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij