Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अमेरिकाबाट चकलेटको बट्टामा आएको गाँजासहित ३ जना पक्राउ

अमेरिकाबाट चकलेटको बट्टामा आएको गाँजासहित ३ जना पक्राउ

  • बुधवार, फाल्गुण २४ २०७९

  • 287
    SHARES

  • अमेरिकाबाट चकलेटको बट्टामा आएको गाँजासहित ३ जना पक्राउ
    काठमाडौं । अमेरिकाबाट आएको लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्सबाट नेपाल पठाएको गाँजासहित १ भारतीय नागरिक र २ जना नेपाली पक्राउ परेका छन् । 
     
    भारतको गुजरात मोती भावदी घर भएका ३० वर्षीय निमेस अशोकभाई दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलम र गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल पक्राउ परेका छन् ।
     
    प्रहरीले उनीहरूलाई अमेरिकाबाट दुबई हुँदै नेपालमा पार्सलको रूपमा आएको करिब ७ किलोग्राम गाँजासहित पक्राउ गरेको साइबर ब्यूरोले जनाएको छ । भारतीय नागरिक दयानीको साथबाट १ लाख ४० हजार र आलमको साथबाट ८० हजार नगद समेत बरामद गरेको छ । दयानी काठमाडौंको ठमेलमा बस्दै आएका थिए ।
     
    अमेरिकाबाट हुलाकमार्फत चकलेटको बट्टामा र घर सजाउने सामानभित्र लुकाएर पठाएको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभयो ।
     
    333055244_1253513748926580_255871886660863327_n_jmCURM20Et.jpg


    बुधवार, फाल्गुण २४ २०७९०३:५८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij