काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमणको केस पुष्टि भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ वटा नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।
आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ६ पुगेको मन्त्रालयले जनाएको छ ।