काठमाडौं। काभ्रेपलाञ्चोक केन्द्र भएर आज भूकम्प गएको छ। आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ। धक्का महसुस भएपनि कुनै पनि क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जानकारी दिएको छ ।