Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

फेवातालमा डुंगा दुर्घटना : अचेत अवस्थामा उद्धार गरिएकी वृद्धाको मृत्यु

फेवातालमा डुंगा दुर्घटना : अचेत अवस्थामा उद्धार गरिएकी वृद्धाको मृत्यु

  • शनिवार, फाल्गुण २० २०७९

  • 282
    SHARES

  • फेवातालमा डुंगा दुर्घटना : अचेत अवस्थामा उद्धार गरिएकी वृद्धाको मृत्यु
    काठमाडौं । पोखराको फेवातालमा शनिबार(आज) भएको डुंगा दुर्घटनामा परी गम्भीर घाइते भएकी एक जना वृद्धाको मृत्यु भएको हो। 
     
    दुर्घटनामा डुबेर गम्भीर बनेकी याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरिएकी गिरीको उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो। 
     
    त्यहाँ उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो एक्कासि हावाहुरी चल्दा ६ जना सवार डुंगा पल्टिएको थियो।
     
    डुङ्गा पल्टिदा ४९ वर्षीय राजकुमार गिरी, २१ वर्षीय एलिशा गिरी, ४१ वर्षीय खगेन्द्र गुरुङ, ४९ वर्षीय माया गिरी र २५ वर्षीय विशाल गिरी डुबेका थिए। उद्धार गरिएका अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ।


    शनिवार, फाल्गुण २० २०७९०७:२९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij