काठमाडौं । कोरोना भाइरस महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाइ उडान यही ५ असोजदेखि नियमित सञ्चालन हुँदैछ ।
उडान सुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायतले बुकिङ खुलाइसकेका छन् ।
शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सले जनाएका छन् । अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएको छ ।
सुरुवाती चरणमा एयरलाइन्सको बुकिङ सन्तोषजनक रहेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताउनुभएको छ ।