Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एकैपटक १३९ इन्स्पेक्टरको काज सरुवा

एकैपटक १३९ इन्स्पेक्टरको काज सरुवा

  • बुधवार, फाल्गुण १७ २०७९

  • 354
    SHARES

  • एकैपटक १३९ इन्स्पेक्टरको काज सरुवा

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ। मङ्गलवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकलाई काज सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले काजमार्फत १० महिना अवधि पुरा भएका इन्स्पेक्टहरुलाई पनि सरुवा गरेको छ ।

    प्रहरी प्रभाग कपनमा स्मृति सिलवाल, इलाका प्रहरी कार्यालय खजुरी धनुषामा राजकुमार भट्ट, इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा पञ्चलाल गोलेलाई सरुवा गरिएको छ। इन्स्पेक्टर फुलमाया घिसिङलाई प्र्रहरी प्रभाग साँखुमा सरुवा गरिएको छ।

    प्रहरी प्रभाग कोटेश्वरमा विनोद सुवेदी, प्रहरी प्रभाग बाँडे गाउँमा नकुल राज गौतम, इप्रका मेलम्चीमा नवराज सापकोटा, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङमा बबिन्द्र नेम्बाङ्ग र जिल्ला ट्राफिक कार्यालय वीरगन्जमा मणिराम थापालाई सरुवा गरिएको छ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा मीन बहादुर बस्नेतलाई सरुवा गरिएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा शेखरजंग मल्ल र प्रहरी प्रभाग सानेपा ललितपुरमा सचिता थापा मगरलाई काज सरुवा गरिएको छ ।


    बुधवार, फाल्गुण १७ २०७९०१:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij