Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हिजो सफाई पाएका अभिनेता पल शाह आज रिहा हुने

हिजो सफाई पाएका अभिनेता पल शाह आज रिहा हुने

  • सोमवार, फाल्गुण १५ २०७९

  • 289
    SHARES

  • हिजो सफाई पाएका अभिनेता पल शाह आज रिहा हुने

    काठमाडौं। बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । हिजो न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।

    हिजो कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह आज रिहा हुन लागेका हुन् । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले आज रिहा हुने जानकारी दिनुभयो। शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

    गतवर्ष २०७८ फागुन ११ गते एक नावालिग गायिकाले आफूलाई शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछी १५ फागुनमा शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

    त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

    उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए । सोही पुनरावेदनको फैसलामा हिजो शाहले सफाई पाएका हुन् ।

     


    सोमवार, फाल्गुण १५ २०७९०६:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij