Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

  • सोमवार, फाल्गुण १५ २०७९

  • 475
    SHARES

  • आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

    काठमाडौं। आज देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

    प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मंगलबार पनि देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमवार, फाल्गुण १५ २०७९०६:२७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij