Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

  • आइतवार, फाल्गुण १४ २०७९

  • 360
    SHARES

  • जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।

    कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् ।

    अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ ।


    आइतवार, फाल्गुण १४ २०७९०५:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij