Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम

साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम

  • आइतवार, फाल्गुण १४ २०७९

  • 347
    SHARES

  • साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम

    बाग्लुङ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म नै जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।

    सुनौलो नेपाल अनलाइन र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा बरेङ गाउँपालिकामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी यस्तै एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक गरी दुई सयभन्दा बढीको सहभागिता थियो ।

    उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थीलगायत अभिभावकले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

    ‘साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ’, उनले भने ‘जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।’ कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक दिपेश आचार्य, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मा, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख (प्रहरी उपरीक्षक) योगेन्द्रकुमार खड्का लगायतले साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

    कार्यक्रमको अध्यक्षता सुनौलो नेपालका अध्यक्ष मोहराज पौडेल, स्वागत बरेङ गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना त्यसैगरी संचालन बरेङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य चालिसेले गरेका थिए।


    आइतवार, फाल्गुण १४ २०७९११:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij