Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हेलिकप्टरबाट काठमाडौं ल्याइयो अछाम आगलागीका घाइतेलाई

हेलिकप्टरबाट काठमाडौं ल्याइयो अछाम आगलागीका घाइतेलाई

  • शनिवार, फाल्गुण १३ २०७९

  • 371
    SHARES

  • हेलिकप्टरबाट काठमाडौं ल्याइयो अछाम आगलागीका घाइतेलाई

    काठमाडौं। अछाममा आगलागीमा परेर गम्भीर घाइते भएका २ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका ८ कोसेडीमा गत फागुन ११ गते भएको आगलागीमा परेर घाईते भएका दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो।

    आफ्नै घरमा आगलागीमा परेपछि स्थानीय २१ वर्षका हिमराज रोका मगर र १९ वर्षका पिरम रोकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो।

    घाइतेमध्ये हिमराज रोका मगरको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरम रोकामगरको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए।

    प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


    शनिवार, फाल्गुण १३ २०७९१२:४२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij