Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफ्नो पक्षमा प्रदर्शन नगर्न कुलमान घिसिङको आग्रह

आफ्नो पक्षमा प्रदर्शन नगर्न कुलमान घिसिङको आग्रह

  • शनिवार, आश्विन ३ २०७७

  • 667
    SHARES

  • आफ्नो पक्षमा प्रदर्शन नगर्न कुलमान घिसिङको आग्रह

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गर्नुभएको छ। कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन्। स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ।

    घिसिङले आज विज्ञप्ति जारी गर्दै आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनभुएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन उहाँले सबैलाई अनुरोध गर्नुभएको हो।


    शनिवार, आश्विन ३ २०७७११:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij