Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

९ किलो चरेससहित धनगढीबाट तीन जना पक्राउ

९ किलो चरेससहित धनगढीबाट तीन जना पक्राउ

  • बुधवार, फाल्गुण १० २०७९

  • 242
    SHARES

  • ९ किलो चरेससहित धनगढीबाट तीन जना पक्राउ
    काठमाडौं । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
     
    पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाउँपालिका–१ बस्ने ३९ वर्षीय पुनम पुन र ४१ वर्षीय दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
     
    धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फूलबारीले उनीहरूलाई पक्राउ गरेको हो ।
     
    नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा ९ किलो चरेस फेला परेको थियो ।
     
    उनीहरूलाई बरामद चरेससहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाएको डीएसपी थापाले बताउनुभयो।


    बुधवार, फाल्गुण १० २०७९०४:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij