काठमाडौं । सुदूरपश्चिमको बाजुरालाई केन्द्रबिन्दु बनाएर बुधबार(आज) दिउँसो भूकम्प गएको छ।
आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
बाजुरा आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।
यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो । त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।