Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको टोली स्वीटजरल्याण्ड प्रस्थान

स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको टोली स्वीटजरल्याण्ड प्रस्थान

  • बुधवार, फाल्गुण १० २०७९

  • 443
    SHARES

  • स्वास्थ्यमन्त्री पदम गिरी नेतृत्वको टोली स्वीटजरल्याण्ड प्रस्थान

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गर्नुभएको छ। बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो ।

    स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने कार्यशाला २३ र २४ फेब्रुअरी अर्थात फागुन ११ र १२ गते सञ्चालन हुँदैछ ।

    टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी हुनुहुन्छ ।


    बुधवार, फाल्गुण १० २०७९०८:०७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij