Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दुई छोरालाई सँगै साथमा लिएर नहरमा हाम फालेकी महिला बेपत्ता

दुई छोरालाई सँगै साथमा लिएर नहरमा हाम फालेकी महिला बेपत्ता

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 378
    SHARES

  • दुई छोरालाई सँगै साथमा लिएर नहरमा हाम फालेकी महिला बेपत्ता

    काठमाडौं । पश्चिम-नवलपरासीमा एक महिलाले दुई छोराहरूलाई लिएर नहरमा हाम फालेर बेपत्ता भएकी छन् । गण्डक नहरमा मंगलबार (आज) दिउंसो २ बजे ती महिलाले दुई छोरा लिएर हाम फालेको प्रहरीले जनाएको छ ।

    उनीहरू तीनै जनाको अवस्था अज्ञात छ । नवलपरासीको सुस्ता गाउंपालिका वडा नं २ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

    मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

    ती महिलाका श्रीमान् वैदेशिक रोजगारमा गएका भएपनि के कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको र बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    मंगलवार, फाल्गुण ९ २०७९०५:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij