Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

शिवरात्री मनाउन पशुपति आएका साधु सन्तको बिदाई

शिवरात्री मनाउन पशुपति आएका साधु सन्तको बिदाई

  • सोमवार, फाल्गुण ८ २०७९

  • 407
    SHARES

  • शिवरात्री मनाउन पशुपति आएका साधु सन्तको बिदाई

    काठमाडौं। पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको अवसर पारेर दर्शन गर्नका लागि आएका साधु सन्तको बिदाई गरिएको छ। आज पशुपति क्षेत्र विकास कोषले छिमेकी देश भारतसहित अन्य मुलुकबाट पशुपतिनाथ आएका साधुसन्तहरुलाई २ सय रुपैयाँदेखि ९ हजार २०० रुपैयाँसम्म दक्षिण दिएर बिदाई गरेको हो।

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले सामान्य माग्दै हिँड्नेलाई २ सय देखि शुरु गरेर नागा बाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २ सय रुपैयाँसम्म दक्षिण दिएर बिदाई गरेको बताउनुभयो ।

    उहाँले गुठी संस्थानले पहिला तोकेर पैसा दिने गरेपनि कोषलाई भने त्यो नियम लागू नहुने भएकोले साधुहरुको सम्मास्वरुप दक्षिण दिएर पठाएको बताउनुभयो। उहाँले साधुहरुलाई दक्षिणा उहाँहरुको सम्मानको संकेत रहेको भन्दै साधुहरुलाई सबैले सधैँ सम्मान व्यवहार गर्नुपर्ने बताउनुभयो ।

    शिवरात्रिका बेला साधुहरुले भक्तजनबाट पनि दक्षिणा पाएको र कोषको तर्फबाट पनि दक्षिणास्वरुप साधुसन्तहरुलाई बिदाइ गर्ने प्रचलनअनुसार दक्षिणा दिइ आज बिदाई गरिएको बताउनुभयो।

    साधुसन्तहरुलाई कोषले एउटा रुद्राक्षको मालासहित बिदाई गरेको छ। महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अन्य मुलुकबाट पनि साधुसन्तहरुको उपस्थिती रहेको थियो।


    सोमवार, फाल्गुण ८ २०७९०५:०७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij