Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ, चरित्र हत्या गरेको आरोप

विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ, चरित्र हत्या गरेको आरोप

  • सोमवार, फाल्गुण ८ २०७९

  • 284
    SHARES

  • विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ, चरित्र हत्या गरेको आरोप

    काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई आज बिहान पक्राउ गरिएको हो ।

    विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने ब्युरोेले जनाएको छ।

    रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ।उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् ।

    यी गायक, गायिकासँग उनको विवाद देखिएको छ । ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो । गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो ।

    रेग्मीले खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएपछि प्रमोदको पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला नै आएको थियो । पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक सञ्जालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ता आचार्यसहितको गुनासो छ ।


    सोमवार, फाल्गुण ८ २०७९०१:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij