Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा आगोले जलेर वृद्धाको मृत्यु

गुल्मीमा आगोले जलेर वृद्धाको मृत्यु

  • आइतवार, फाल्गुण ७ २०७९

  • 330
    SHARES

  • गुल्मीमा आगोले जलेर वृद्धाको मृत्यु

    काठमाडौं । गुल्मीमा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१, मल्दी बस्ने ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो ।

    घरमा एक्लै बस्दै आएकी खत्रीको शनिबार साँझ आगो ताप्ने क्रममा लगाएको लुगामा आगो लागेपछि शरीरभरी फैलिएको थियो ।

    आगोमा जलेर सख्त घाइते भएकी खत्रीको गुल्मी अस्पताल तम्घासमा उपचार गरेपछि थप उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।


    आइतवार, फाल्गुण ७ २०७९०२:०४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij