Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

  • शनिवार, फाल्गुण ६ २०७९

  • 289
    SHARES

  • डोटीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

    काठमाडौं।
    डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्। जिल्लाको केआई सिंह गाउँपालिका–१ लोलीमा दुर्घटनामा पर्दा केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको मृत्यु भएको प्रहरी जनाएको छ ।

    डोटी प्रहरीकाअनुसार घाइते ६ जना सोही गाउपालिकाकै तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर छ । उनीहरु दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको छ ।सामान्य घाइते सोही ठाउँका समिर तिरुबा, सुरज तिरुवा, लक्ष्मी तिरुवा र मिन लुहार उपचार पछि घर फर्किएका छन् ।

    डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ६० मिटर तल खसेको छ । जिप दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    शनिवार, फाल्गुण ६ २०७९१०:४२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij