काठमाडौं । कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ। काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिनुभयो ।
आफूलाई मानहानी गरेको भन्दै मानन्धरले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिनुभयो । एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए।
उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै मानन्धरले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। कोभिड महामारीको समयमा पनि खनाल प्रहरी नियन्त्रणमा परेका थिए।