काठमाडौं। नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्रिशुलीबाट खड्गभन्ज्याङका लागी छुटेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अनय ३५ जना घाइते भएका छन् । नुवाकोट प्रहरीका अनुसार घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।