काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ। नेपाली बजारमा सुन प्रतितोला ४ सय रुपैयाँका दरले महङ्गिएको हो। यसअघि बिहीबार ९६ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुन ४ सयले बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोे छ। त्यस्तै चाँदीको मूल्यपनि १० रुपैयाँ प्रतितोलाका दरले बढेर १३ सय ३० रुपैयाँ पुगेको छ । असघि बिहीबार १३ सय २० रुपैयाँ प्रतितोला रहेको थियो । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गते गरेको लकडाउन यता नेपाली बजारमा सुनको मल्यमा उतार चढाव आउदै गरेको छ ।