Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारीलाई भारत लैजान अस्पतालबाट विमानस्थल लगियो

चन्द्र भण्डारीलाई भारत लैजान अस्पतालबाट विमानस्थल लगियो

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 359
    SHARES

  • चन्द्र भण्डारीलाई भारत लैजान अस्पतालबाट विमानस्थल लगियो
    काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ ।
     
    कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ । विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधा सम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ ।
     
    एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ । नर्भिकबाट ६ जना चिकित्सकको टिम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     
    बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।


    बिहिवार, फाल्गुण ४ २०७९०२:५९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij