Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

दाङमा पनि ग्याँस पड्कियो, २ जना घाइते

दाङमा पनि ग्याँस पड्कियो, २ जना घाइते

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 201
    SHARES

  • दाङमा पनि ग्याँस पड्कियो, २ जना घाइते

    काठमाडौं। दाङमा पनि खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन्। विहान खाना पकाउने क्रममा ग्याँस लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरीले जनाएको छ ।

    तुलसीपुर उपमहानगरपालिका १६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर घर भई तुलसीपुर १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

     घाइते केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ । केसीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ। घाइते केसीको अवस्था गम्भीर भएको र खनालको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ।


    बिहिवार, फाल्गुण ४ २०७९०२:३७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij