Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

ल्होत्से मल लुटपाटमा संलग्न १५ जना पक्राउ, अधिकांश चालक र सहचालक

ल्होत्से मल लुटपाटमा संलग्न १५ जना पक्राउ, अधिकांश चालक र सहचालक

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 267
    SHARES

  • ल्होत्से मल लुटपाटमा संलग्न १५ जना पक्राउ, अधिकांश चालक र सहचालक

    काठमाडौं। प्रहरीले ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

    पक्राउ परेकामध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन्। पक्राउ परेकामध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।

    आन्दोलनका क्रममा परिस्थिति प्रहरीको नियन्त्रण बाहिर गएको मोका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका थिए। त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरेर संलग्नलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।


    बिहिवार, फाल्गुण ४ २०७९१२:३९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij