काठमाडौं। मोरङमा छुट्टा छुट्टै स्थानमा दुई जना पुरुष मृत भेटिएका छन् ।
बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष आज दिउँसो मृत भेटिएका हुन् भने सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष गएराति मृत फेला परेका थिए ।
मृतकको पहिचान खुल्न बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।