काठमाडौं। मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्। गएराति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो।
उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले जानकारी दिनुभएको छ। उनीहरुले मदिरा पिएर बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको धमलाले बताउनुभयो ।
कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ। पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आएपछि मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने नत्र हिरासत या थुनामा राखिने इन्सपेक्टर धमलाले बताउनुभयो।