Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पाँचजना भारतीय पूर्वसेनाध्यक्ष नेपाल आउने

पाँचजना भारतीय पूर्वसेनाध्यक्ष नेपाल आउने

  • बुधवार, फाल्गुण ३ २०७९

  • 317
    SHARES

  • पाँचजना भारतीय पूर्वसेनाध्यक्ष नेपाल आउने

    काठमाडौं । नेपाली सेना स्थापनाको २ सय ६० वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागिएको सैनिक दिवसमा भाग लिन भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउने भएका छन् ।

    मंगलबार बेलुकीसम्म निम्तो गरिएकामध्ये भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे आउने पक्का भएको हो ।

    सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अहिलेसम्म ५ जना आउने पक्का भइसकेको छ । सेना दिवसको अवसरमा नेपाली सेनाले मानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्न लागेको हो । त्यसका लागि भारतका वर्तमान र अवकाश सेनाध्यक्षहरूलाई बोलाइएको छ ।

    नेपाली सेना स्थापना भएको फागुन ६ मा २ सय ६० वर्ष पुग्दै छ । मानार्थ महारथीहरू फागुन ५ मा आएर नेपालमा तीन दिन बिताउने कार्यक्रम छ । फागुन ७ मा सैनिक मञ्चमा परमाधिपति राष्ट्रपतिसहित हुने कार्यक्रममा भारतका पूर्वसेनाध्यक्षहरू उपस्थित हुनेछन् ।

     


    बुधवार, फाल्गुण ३ २०७९०१:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij