Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

राष्ट्रपति भण्डारी आज दाङ जाँदै

  • बुधवार, फाल्गुण ३ २०७९

  • 309
    SHARES

  • राष्ट्रपति भण्डारी आज दाङ जाँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी बेलझुण्डी जान लाग्नुभएको हो ।

    भवन निर्माण भएको करिब पाँच वर्ष भए पनि औपचारिक उद्घाटन भएको थिएन। भवन उद्घाटन गर्न हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी दाङ जाने र बिहान साढे १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयले जनाएको छ ।

    २०७० साल असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्स्ट्रक्सन जेभिसँग सम्झौता भई २४ करोड ७२ लाख ३ हजार ४६६ रुपैयाँ १० पैसाको लागतमा २०७४ असार मसान्तमा सम्पन्न गरेको थियो। भवन निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थानलाई हस्तान्तरण गरेको थियो।

    नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट ३ तले १०८ कोठामा निर्माण भएको कार्यालयले जनाएको छ। भवनको तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको लागि व्यवस्था मिलाइएको पनि कार्यालयले जनाएको छ। भवनमा अहिले आयुर्वेद बीएएमएसको पठनपाठन भइरहेको छ, जसमा विभिन्न ब्याचका २१५ जना विद्यार्थी अध्ययनरत छन्।

     


    बुधवार, फाल्गुण ३ २०७९०७:०५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij