Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रुबी खानको आन्दोलन स्थगित : सरकारसँग भयो ३ बुँदे सहमति, पाउलिन त निर्मला कुर्मीले न्याय ?

रुबी खानको आन्दोलन स्थगित : सरकारसँग भयो ३ बुँदे सहमति, पाउलिन त निर्मला कुर्मीले न्याय ?

  • मंगलवार, फाल्गुण २ २०७९

  • 469
    SHARES

  • रुबी खानको आन्दोलन स्थगित  : सरकारसँग भयो ३ बुँदे सहमति, पाउलिन त निर्मला कुर्मीले न्याय ?

    काठमाडौं। निर्मला कुर्मीका लागि न्याय मागिरहेका बाँकेका महिला र गृह मन्त्रालयबीच ३ बुँदे सहमति भएको छ ।सहमतिसँगै ४८ दिनदेखि माइतीघर मण्डलामा जारि अनशन तोडिएको छ। अनशन तोडे महिलाहरु अब घर फर्किने भएका छन् ।

    बाँकेको नेपालगञ्ज १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो। श्रीमानको मृत्युको चार वर्षपछि ०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो ।

    श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएका थिए । त्यसपछि ०७५ मा निर्मला कुर्मी बेपत्ता भइन र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो ।

    अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरी समेत परेको छ।अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग सहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए ।

    त्यसपछि सरकारले निर्मला कुर्मी हत्या छानबिन गर्न गृहमन्त्रालयका सचिव हिरालाल रेग्मीको नेतृत्वमा समिति बनाएको थियो। समितिले १४ कात्तिक ०७८ मा बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निर्क्यौलसहितको प्रतिवेदन तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको थियो ।

    यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको छ। सांसद कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन्। संविधानसभा सदस्य समेत रहेका बादशाह बाँके क्षेत्र नम्बर ३ ‘२’ बाट लुम्बिनी प्रदेशसभा सदस्य समेत हुन् ।


    मंगलवार, फाल्गुण २ २०७९०६:४३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij