Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

१७ लाख भारुसहित एक जना महोत्तरीबाट पक्राउ

१७ लाख भारुसहित एक जना महोत्तरीबाट पक्राउ

  • मंगलवार, फाल्गुण २ २०७९

  • 336
    SHARES

  • १७ लाख भारुसहित एक जना महोत्तरीबाट पक्राउ

    काठमाडौं । स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित महोत्तरीबाट एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका-८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा मटिहानी-८ का २९ वर्षका महेश यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

    प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको हो । बरामद गरिएको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताउनुभएको छ ।


    मंगलवार, फाल्गुण २ २०७९०४:०२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij