Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आन्दोलन थप आक्रामक : आन्दोलनकारिले जलाए प्रहरी बिटसहित २ वटा प्रहरी भ्यान

आन्दोलन थप आक्रामक : आन्दोलनकारिले जलाए प्रहरी बिटसहित २ वटा प्रहरी भ्यान

  • सोमवार, फाल्गुण १ २०७९

  • 371
    SHARES

  • आन्दोलन थप आक्रामक : आन्दोलनकारिले जलाए प्रहरी बिटसहित २ वटा प्रहरी भ्यान

    काठमाडौं ।काठमाडौंको माछापोखरी क्षेत्रको आन्दोलन थप आक्रामक बन्दै गएको छ। आन्दोलनरत यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

    दिउँसो एक बजेदेखि आ्रँन्दोलनमा उत्रिएका आन्दोलनकारीले केहीबेर अघि प्रहरीका २ वटा भ्यान जलाएका थिए । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।

    आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।


    सोमवार, फाल्गुण १ २०७९०७:४९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij