Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सडकमै बस तेर्साएर यातायात मजदुर आन्दोलनमा

सडकमै बस तेर्साएर यातायात मजदुर आन्दोलनमा

  • सोमवार, फाल्गुण १ २०७९

  • 279
    SHARES

  • सडकमै बस तेर्साएर यातायात मजदुर आन्दोलनमा

    काठमाडौं। यातायात मजदुर आन्दोलीत बनेका छन्। ट्राफिक नियमविरुद्ध आन्दोलीत बनेका मजदुरहरुले आज काठमाडौं बालाजु क्षेत्रमा सडक नै अवरुद्ध गरेर आन्दोलन गरेका छन्। आज केहीबेर अघिदेखि सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा आन्दोलन गरिरहेका छन् ।

    बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि सो क्षेत्रको यातायात आवागमन प्रभावित भएको छ। प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ।

    ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै मजदुरहरुले गरेको सडक अवरुद्ध अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले जानकारी दिनुभएको छ।


    सोमवार, फाल्गुण १ २०७९०५:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij