काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिँदै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ ।
यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन गरिहरेका हुन् ।