Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालबाट टर्कीलाई २२ टन बढी राहत सामग्री पठाईयो

नेपालबाट टर्कीलाई २२ टन बढी राहत सामग्री पठाईयो

  • सोमवार, फाल्गुण १ २०७९

  • 398
    SHARES

  • नेपालबाट टर्कीलाई २२ टन बढी राहत सामग्री पठाईयो

    काठमाडौं ।नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज टर्की पठाइएको हो ।

    त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् ।गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    लगत्तै २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।


    सोमवार, फाल्गुण १ २०७९०१:५७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij