Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रेडियो दिवसका अवसरमा वानको ‘रेडियो र शान्ति’ विषयक विशेष कार्यक्रम

रेडियो दिवसका अवसरमा वानको ‘रेडियो र शान्ति’ विषयक विशेष कार्यक्रम

  • आइतवार, माघ २९ २०७९

  • 320
    SHARES

  • रेडियो दिवसका अवसरमा वानको ‘रेडियो र शान्ति’ विषयक विशेष कार्यक्रम

    काठमाडौं । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (वान)ले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र शान्ति’ विषयमा कार्यक्रम गरेको छ । १२ औं विश्व रेडियो दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा गरिएको कार्यक्रममा राजनीतिक दलका नेता, समाजशास्त्री, विज्ञ र रेडियोकर्मीहरुले रेडियोले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गरेका छन् ।

    राजनीतिक, समाजिक र परिवारभित्रको शान्ति प्रक्रियामा पनि रेडियोले भूमिका खेलेको उदाहरणहरु पनि कार्यक्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा सांसद विद्या भट्टराईले रेडियो र रेडियवोकर्मीको समस्याका विषयहरु संसदमा राख्ने, निति निर्माणमा सघाउने बताउनुभयो । उहाँले परिवर्तनका लागि संचारमाध्यमले धेरै ठुलो भुमिका खेलेको उल्लेख गर्नुभयो ।

    2.jpg

    चर्चित पत्रकार तथा काँग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न रेडियोको भुमिका अझै पनि प्रभावकारी हुने भएकाले सरकारले उनिहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

    प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना विभागका महानिर्देशक शंकर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले रेडियोले शान्ति प्रक्रियामा खेलेको भूमिकालाई सरकारी स्तरबाट नै सस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।

    समाजशास्त्री डाक्टर सुरेश ढकाल, शान्ति प्रक्रियाका अभियानता राधा पौडेलले समाजभित्रका द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । मिडियाका अध्ययता डाक्टर सुधांसु दाहाल, डाक्टर भूमी चापागाइले रेडियोले अब पारिवारिक शान्ति प्रक्रियालाई जोडेर समाजको शान्ति रुपान्तरणमा रेडियोका विषयवस्तु केन्द्रित गर्नुपर्ने बताउनुभयो । बागमती प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले केहि नीतिगत समस्या रहेको बताउनुभयो ।

    नेपाल प्रेस युनियनका उपाध्यक्ष तथा नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा रेडियोको सृजनात्मक योगदान रहेको उदाहरणहरू प्रस्तुत गर्नु भएको थियो।

    अभियान्ता राधा पौडेलले महिलाको महिनावारीको विभेदका कारण आएका समस्याहरुले पनि शान्ति स्थापना हुन नसकेको अवस्थामा रेडियोको भुमिका हुने उल्लेख गर्नुभयो । पत्रकार विनोद ढुंगेलले रेडियोले गरेको राम्रो कामको जति चर्चा गरेपनि नपुग्ने बताउनुभयो । पत्रकार महिला निर्मला शर्माले नेपालमा सञ्चारकर्मी उत्पादन गर्ने महत्वपूर्ण भूमिका रेडियोका भएकाले समाजका मुद्दामा पनि रेडियोको अगुवाई रहेको बताउनुभयो ।

    3.jpg

    वानका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव नविन राईले संचालन गर्नुभएको थियो भने केन्द्रीय सदस्यद्वय विनय गुरागाईं र गोविन्द खड्काले सहजिकरण गर्नुभएको थियो।

    फ्रेबुअरी १३ का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गरेको वानका केन्द्रीय सदस्य तथा नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारीले जानकारी दिनुभयो । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको महत्वपूर्ण योगदान रहेको छ । 

    देशभरीका व्यवसायिक रेडियोहरुको छातासस्था वानले रेडियोका मुद्दामा निरन्तर पैरवी गरिरहेको छ ।

    World Radio Day.png

     


    आइतवार, माघ २९ २०७९०६:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij